Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकाेटमा २ दिने खाेज पत्रकारिता तालिम सुरू

रूकुम पश्चिमकाे मुसीकाेट नगरपालिकामा दुई दिने खोज पत्रकारिता तालिम सुरू भएकाे छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको आयोजना र मुसीकोट नगरपालिकाको आर्थिक सहयोगमा तालिम उद्घाटन भएको हो । आज र भोली २ दिन सम्म संचालन हुने तालिममा जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको छ।

यस तालिमले जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुकाे क्षमता विकासमा टेवा पुर्याउने विश्वास पत्रकार महासंघले लिएकाे छ । तालिमको सहजिकण खोज पत्रकारिता केन्द्रका वरिष्ठ पत्रकार बावुराम विश्वकर्माले गरिररहनुभएकाे छ। पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा मुसीकोट नगरपालिका प्रमुख देविलाल गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्का, उद्योग बाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्का, जिल्ला हुलाक कार्यालयका प्रमुख राजेन्द्र बिसी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा लगायतकाे पनि उपस्थिति रहेको थियो । पत्रकार महासंघका उपाध्यक्ष गोपालप्रसाद रेग्मीकाे स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव हिरा परियार गर्नुभएको थियो ।

तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुसीकोट नगरपालिका नगर प्रमुख देविलाल गौतमले समाज परिवर्तनको पहिलो अंग पत्रकारिता रहेको बताउनुभयो । देशको कुना कन्दरामा भएका राम्रा नराम्रा कामको जानकारी पत्रकारिताकाे माध्यमबाट नागरिकसम्म पुर्याउन सकिने उहाँको भनाई छ । कामको दौडानमा थुप्रै कमीकमजोरी हुने हुँदा त्यस्ता कामलाई सच्याएर अघी बढ्नु पर्ने समेत उहाँकाे भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update