भूमि आयोग रूकुम पश्चिमकाे अध्यक्षमा मिनबहादुर ओली
राष्ट्रिय भूमि आयोग जिल्ला समिति रुकुम पश्चिमको अध्यक्षमा मिनबहादुर ओली हाेसियार नियुक्त हुनुभएको छ । सरकारले बिहिबार भूमि आयोगको जिल्ला अध्यक्षमा त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का ओलीलाई नियुक्त गरेको हो । यसअघि केपि ओली नेतृत्वको सरकारले भूमि आयोगमा गरेका सबै नियुक्तिहरु देउवा नेतृत्वको सरकारले खारेज गरेको थियो ।
ओली माओवादी केन्द्रमा आबद्ध भएर राजनिति गर्दै आउनुभएको छ । भूमि आयोग जिल्ला समितिले दलित सुकुम्वासीहरुलाई जग्गा उपलव्ध गराउने, लालपुर्जा वितरण गर्ने, अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने लगायतका काम गर्ने छ । यो भन्दा पहिला खारेज भएको आयोगको जिल्ला अध्यक्षमा नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य नारायण कुमार शाह हुनुहन्थ्यो ।
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८ १२:५०
प्रतिक्रिया दिनुहोस्