नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति स्वास्थ्यकर्मी र स्थानीय तह मुसीकोट नगरपालिका रुकुम पश्चिमको प्रथम अधिवेशन सम्पन्न भएको छ । सेरीगाउँ स्थित सहिद स्मृति प्रष्तिठानको हलमा भएको अधिवेशनले भेषराज गौतमको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । उपाध्यक्षमा बेदराम ओली, सचिवमा खकेन्द्र अधिकारी, सह सचिवमा शिवराज महतारा र कोषाध्यक्षमा शुष्मा बुढा चयन भएका छन् ।
अधिवेशनले १९ सदस्यीय समिति चयन गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्माको प्रमुख आतिथ्यता, मुसीकोट नगरपालिका प्रमुख देविलाल गौतमको विशेष आतिथ्यता रहेको थियो । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रीय सदस्य तेजबहादुर खत्री, नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य मानबहादुर खत्री लगायतको आतिथ्यतामा अधिवेशन भएको हो । चिताराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विनोदराज ओलीले गर्नुभएको थियो ।