नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति रुकुम पश्चिमको अध्यक्षमा तेजबहादुर खत्री चयन हुनु भएको छ । आज मुसीकोटमा भएको चौथो जिल्ला सम्मेलनबाट खत्रीको अध्यक्षतामा जिल्ला समिति गठन भएको हो । समितिको उपाध्यक्षमा उपाध्यक्ष यमा केसी, भूपेन्द्र पुन, जयबहादुर बुढा, प्रवेश परियार, सचिवमा जनक खड्का, सह सचिवमा अनिल केसी र कोषाध्यक्षमा चाँदनी महतारा चयन भएका छन् । सम्मेलनले ३५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
नेकपा माओवादीका केन्द्रीय सदस्य राजकुमार शर्माको प्रमुख र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रीय अध्यक्ष हरि रावलको विशेष आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा माओवादी केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, लक्ष्मी पुन, जिल्ला संयोजक गोविन्द रोका, कर्मचारी संगठनका सचिव शेरबहादुर खड्का लगायतको पनि आतिथ्यता रहेको थियो । तेजबहादुर खत्रीको अध्यक्षतामा भएको सम्मेलनको सञ्चालन इश्वर रावलले गर्नुभएको थियो ।