नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन रुकुम पश्चिमको अध्यक्षमा डिल्लीराज बोहोरा चयन हुनु भएको छ । संगठनको सम्मेलनले बोहोराकाे अध्यक्षतामा ३५ सदस्यीय समिति चयन गरेको हो । उपाध्यक्षमा सुनिल केसी, कर्णविर केसी, रामबहादुर सुनार, सुमित्रा रोकाय, सचिवमा दिनेश विष्ट, सह सचिवमा धनन्जय विष्ट र कोषाध्यक्षमा हिरा पुन चयन भएका छन् ।
नेकपा माओवादीका केन्द्रीय सदस्य राजकुमार शर्माको प्रमुख र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रीय अध्यक्ष हरि रावलको विशेष आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा माओवादी केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, लक्ष्मी पुन, जिल्ला संयोजक गोविन्द रोका, कर्मचारी संगठनका सचिव शेरबहादुर खड्का लगायतको पनि आतिथ्यता रहेको थियो । तेजबहादुर खत्रीको अध्यक्षतामा भएको सम्मेलनको सञ्चालन इश्वर रावलले गर्नुभएको थियो ।