Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल राष्ट्रिय कर्मचारी महासंघको अध्यक्षमा खड्का
सम्मेलनमा सहभागिहरु ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघ रुकुम पश्चिमको अध्यक्षमा चिताराम खड्का चयन हुनु भएको छ । सदरमुकाम खलंगा स्थित सहिद स्मृति प्रतिष्ठानमा भएको संगठनको सम्मेलनले खड्काको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मिना शर्मा, सरस्वती सापकोटा, कृष्ण शर्मा, समिर गौतम सचिवमा मानबहादुर बटाला, सह सचिवमा कमल पुन र कोषाध्यक्षमा खिमबहादुर ओली चयन भएका छन् ।

नेकपा माओवादीका केन्द्रीय सदस्य राजकुमार शर्माको प्रमुख र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रीय अध्यक्ष हरि रावलको विशेष आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा माओवादी केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, लक्ष्मी पुन, जिल्ला संयोजक गोविन्द रोका, कर्मचारी संगठनका सचिव शेरबहादुर खड्का लगायतको पनि आतिथ्यता रहेको थियो । तेजबहादुर खत्रीको अध्यक्षतामा भएको सम्मेलनको सञ्चालन इश्वर रावलले गर्नुभएको थियो । 


 

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  २२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update