Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रिय तेक्वान्दोमा रुकुम पश्चिमकी इलालाई स्वर्ण पदक 

१७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रुकुम पश्चिमकी इला खत्रीले स्वर्ण पदक जित्नुभएको छ । खत्रीले ७३ केजि माथिको तौल समुहको फाईनलमा बाग्मती प्रदेशकी सुप्रिया गुरुङलाई पराजित गर्नुभएको हो । फाइनल शनिबार भएको थियो । यस प्रतियोगितामा विभिन्न ८ वटा तौल समुहमा प्रतिस्पर्धा भएकामा कर्णाली प्रदेशबाट स्वर्ण पदक जित्ने खत्री एकमात्र खेलाडी हुनुभयो । यो संगै खत्री आगामी एसियन च्याम्पियनसिपका लागि छनौट हुनुभएको छ ।

च्याम्पियनसिपका लागि यो प्रतियोगिता आयोजना भएको जिल्ला तेक्वान्दो संघ रुकुम पश्चिमका अध्यक्ष भद्रबहादुर खड्काले जानकारी दिनुभयो । मुसीकोट नगरपालिका वडा नम्बर २ रातामाटाकी खत्रीले यसअघि पनि विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरिसक्नुभएको छ । खत्रीले यसअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को छनौटमा द्धितिय स्थान हाँसिल गर्नुभएको थियो । यो खत्रीको पहिलो राष्ट्रिय स्वर्ण पदक हो । 


 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update