Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे गाउँपालिकाले सार्वजनिक गर्यो हालसम्मको प्रगति

रुकुम पूर्वको भूमे गाउँपालिकाले हालसम्मको प्रगति सार्वजनि गरेको छ । स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधिले कार्यभार सम्हालेपछि हालसम्म गाउँपालिकामा भए गरेका विकास निर्माण, बनेका ऐन, नियम, कानून, कार्यविधि सार्वजनिक गरिएको हो ।  एक कार्यक्रम आयोजना गरी हालसम्मको कामकाजका विवरण सार्वजनिक गरिएकाे हाे ।

रुकुम पूर्वमा २०७४ असार १४ गते स्थानीय तहको निर्वाचन भएको थियो । त्यसपछि भूमेका जनप्रतिनिधिले २०७४ असार २७ गतेदेखि काम थालेका थिए । प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले २०७४ असार २७ गतेपछि हालसम्मका सम्पूर्ण कार्य सम्पादनका बारेमा जानकारी गराउनुभएको थियो । सामाजिक विकास, आर्थिक विकास, भौतिक पूर्वाधार, स्वास्थ्य, विद्युत, उर्जा, खानेपानी, सिचाई, झोलुङ्गे पुल, सरसफाईको विकास, बर्तमान अवस्थाबारे अधिकृत श्रेष्ठले जानकारी गराउनुभएको थियो । 

भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले पहिलो कार्यकाल सकिदै गर्दा हालसम्म भए गरेका कामकाजको दस्तावेजिकरण गर्नका लागि र आगामी योजना बनाउन सजिलो बनाइदिन प्रगती विवरण सार्वजनिक गरेको बताउनुभयो । अब भूमेमा कसरी काम गर्ने के समस्या रछन् र के बनाउनुपर्ने रहेछ भन्ने ज्ञान अब आउने जनप्रतिनिधिलाई होस भनेर यो कार्यक्रम गरिएको अध्यक्ष बुढाको भनाई छ ।

५ वर्षे कार्यकाल जेठ ५ गते सकिने भएकाले त्यो भन्दा पहिल्यै भूमेले गरेका कामकाज सम्पूर्ण फेहरिस्त सबैको जानकारीका लागि कार्यक्रम गरिएको भन्दै उहाँले अब आउने जनप्रतिनिधिले घोषण पत्र बनाउने, आगामी योजना निर्माण गर्न, योजनाको दिगोपनाका लागि पनि यो कार्यक्रम गर्नुपरेको अध्यक्ष बुढाले बताउनुभयो ।

अन्यौलताबाट कार्य थालनी गरिएको भन्दै अध्यक्ष बुढाले सकेसम्म गाउँपालिका विकासको जग हालिएको बताउनुभयो । गाउँपालिकाका अधिकार र आवश्यक्ता अर्कोतर्फ हुँदा चुनौतिपूर्ण तवरबाट कार्य सम्पादन गरिएको अध्यक्ष बुढाको भनाई छ । स्थानीय सरकारले आफ्ना योजना, नीति र कार्यक्रम कार्यान्वयनको साथसाथै प्रदेश संघ सरकारका योजना पनि कार्यान्वयन गर्नुपर्ने महत्वपूर्ण भूमिकामा रहेको बताउनुभयो ।

 सडक र अरु भौतिक पूर्वाधारमा केही नभएको अवस्थामा थालिएको कार्यले सडक पूर्वाधारको काम लगभग सकिएको बताउँदै अध्यक्ष बुढाले रिङ रोड, लिंक रोड र मुख्य रोड जोडिएको उल्लेख गर्नुभयो । प्रतिबद्धता अनुसार भूमेका ९० प्रतिशत वस्तिमा सडक पुर्याउन सफल भएको अध्यक्ष बुढाले बताउनुभयो । मानव संशासधन, संस्थागत विकास र सुशासनमा पनि गाउँपालिकाले सकेको काम गरेको बताउनुभयो । यद्यपी गाउँपालिकाका कतिपय तथ्याङ्क कहाली लाग्दो अवस्थामा रहेकाले त्यसको सुधारमा पनि लागिएको अध्यक्ष बुढाले बताउनुभयो । 

माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य मेघबहादुर  श्रेष्ठले जनयुद्धबाट प्राप्त संघीयताले बनेको स्थानीय सरकार र भूमे गाउँपालिकाले विकासको आधार खडका गरेको बताउनुभयो । नयाँ संरचना र अरु पूर्वाधार अभावमा काम थालेको भूमे गाउँपालिकाले यस अवधिमा भूमेले देखिने र महशुस हुने गरी काम गरेको श्रेष्ठको भनाई छ । स्थानीय पूर्ण रुपमा कार्यकारी नबनाको अवस्थामा पनि भूमेले विकासको जग हालेर अघि बढिरहेको बताउनुभयो ।

नेपाली कांग्रेस रुकुम पूर्वका सह सचिव धनिप्रसाद बुढाले प्रगति विवरण अनुसार भूमेमा विकासले फड्को मारेको दृश्य देखिएको बताउनुभयो । यो खुसीको कुरा भएको भन्दै बुढाले जनताको पक्षमा निरन्तर कार्यक्रम गर्न उहाँले आग्रह गर्नुभयो । विभिन्न विकासका आयामहरु अघि लागेको भूमेले जनतालाई प्राथमिकतामा राखेर काम गर्न उहाँको सुझाव छ ।

जनता समाजवादीका केन्द्रीय सदस्य उपेन्द्रलाल कामीले भूमेले गरेका कार्य सम्पादन उत्कृष्ठ गरेर पनि सार्वजनिकिकीरण समेत गरेर उदाहरणिय बनेको बताउनुभयो । गाउँपालिकाको समग्र विकासमा गाउँपालिकाले यो अवधिमा धेरै मेहनत गरेको पाइएको कामीले बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update