Kakhara सबैको खबर सम्पूर्ण खबर
राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुकुम पश्चिमको मुुसिकोट नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राजनीतिमा महिलाको अर्थपूर्ण सहभागीता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रम विभिन्न  राजनीतिक दलमा आवद्ध विभिन्न संघ संस्थामा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रममा सहभागी महिलाहरुले जुनसुकै काममा पनि महिला पुुरुषलाई समान अधिकार हुनुपर्ने बताएका छन् ।

अधिकार पाएपछि महिला पनि पुरुष बराबर  काम गरेर देखाउन सक्ने उनिहरुको भनाई छ । आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा महिलालाई मुख्य पदमा टिकट दिनुपर्ने भनाई महिलाहरुको छ ।  नगरपालिका गाउँपालिका र वडाहरुमा प्रमुख पद महिलाले पाउनुपर्ने दावी महिलाहरुको छ ।

जिल्ला समन्वय समितिका सदस्य टेकबहादुर ओलीले .महिलाहरुको माग जायज रहेको भन्दै यसतर्फ सम्बन्धित राजनीतिक दल र निकायहरु गम्भिर बन्नुपर्ने बताउनुभयो । महिलालाई क्षमता अनुसारका जिम्मेवारी दिनका लागि पहल गर्ने प्रतिबद्धता पनि ओलीले जनाउनुभएको छ ।

हरेक कामकाज सम्पन्न गर्नका लागि महिला पुरुषको भूमिका उत्तिकै रहेको भन्दै ओलीले यसतर्फ सबै सचेत बन्नुपर्नेमा जोड दिनुभयो । महिला पुनस्थापना केन्द्र ओरेक, हरप्लेस, इन्सेक र महिला मानव अधिकार रक्षक सञ्जालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update