Kakhara सबैको खबर सम्पूर्ण खबर
आँखा उपचार शिविरबाट साढे ४ सय बढीले सेवा लिए, ९९ जनाको निःशुल्क अप्रेशन

रुकुम पश्चिममा आँखा उपचार तथा अप्रेसन शिबिर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र सल्लेको आयोजना, राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोग, नेपाल सरकारको आर्थिक सहयोग र मुसीकोट नगरपालिकाको स्थानीय व्यवस्थापनमा शिबिर संचालन भएको हाे । मुसीकोट नगरपालिका वडा नम्बर १ मा रहेको आँखा उपचार केन्द्रमा हिजोदेखि सुरु भएको शिबिरबाट ४ सय ६६ जनाले ओपिडि सेवा लिएका छन् ।

महिला २ सय ७४ र पुरुष १ सय ९२ जनाले ओपिडि सेवा लिएको आँखा उपचार केन्द्रका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार जसमध्ये ९९ जनाले आँखाको अप्रेसन गराएका छन् । आँखामा मोतिविन्दुको समस्या देखिएका ९९ जनाले अप्रेसन सेवा लिएको हुन् । त्यस्तै शिबिर मार्फत पावरवाला चस्मा पनि निःशुल्क बितरण गरिएको केन्द्रका प्रमुख केसीले बताउनुभयाे ।

शिबिरमा आँखा जाँच गरिएका मध्य ६४ जनामा चस्माको आवश्यकता रहेकाले उनीहरुलाई निःशुल्क चस्मा वितरण गरिएको केसीकाे भनाइ छ  । शिबिरमा रुकुम पश्चिम, रूकुम पूर्व, सल्यान, जाजरकोट लगायतका ठाउँबाट सेवा लिन बिरामि पुगेका थिए । शिबिरमा डा. शुरेस रसाईलीको नेतृत्वमा १२ जना स्वास्थ्यकर्मीको टोली खटिएकाे थियाे ।

 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update