नेपाली कांग्रेस रुकुम पश्चिमले आसन्न स्थानीय निर्वाचन लक्षित कार्यक्रमका लागि नेताहरु खटाएको छ । २० र २१ गते भएको जिल्ला भेलाले उम्मेदवार छनौट, सहजिकरण र विभिन्न परिस्थितिमा उत्पन्न भइरहेका भ्रम कम गर्ने गरी नेताहरु स्थानीय तहमा पठाउने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसका अनुसार मुसीकोट नगरपालिकामा जिल्ला कोषाध्यक्ष मोहविर खड्का, चौरजहारी नगरपालिकामा महाधिवेशन प्रतिनिधि खडकबहादुर डाँगी, आठबीसकोट नगरपालिकामा जिल्ला सचिव तारकबहादुर शाहीलाई खटाइएको छ ।
बाँफिकोट गाउँपालिकामा जिल्ला उप सभापति हर्कसिङ खत्री, सानीभेरी गाउँपालिकामा महासमिति सदस्य तिलक भण्डारी र त्रिवेणी गाउँपालिकामा महाधिवेशन प्रतिनिधि गोर्खबहादुर खत्रीलाई खटाइएको छ ।
खटाइएका नेताहरु सत्तारुढ दलबाट गठबन्धनका सन्दर्भमा केही भ्रम फैलाइएकोले भ्रममा नपरेर निर्वाचनमा लाग्न नेता, कार्यकर्तालाई प्रष्ट पार्ने एक नेताले जानकारी दिए । भेलामा सहभागि अधिकांश नेता तथा कार्यकर्ताले रुकुम पश्चिममा माओवादीसित गठबन्धन गर्न नहुने सुझाव दिएका थिए ।