Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट ६ का स्थानीय व्यवसायिक बेसार खेतीमा, घरबाटै बिक्रि भएपछि मख्ख
गाउँमै बेसार लिन आएको ट्याक्टरमा बेसार लोड गर्दै स्थानीय ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ का किसानले बेसार खेतीबाट राम्रो आम्दानी गरेका छन् । बेसार खेतीको राम्रो सम्भावना देखिएपछि वडा कार्यालयले गतवर्ष किसानलाई बेसारको वीउ वितरण गरेको थियो । यसअघि त्यहाँका स्थानीयले खान पुग्ने मात्र बेसार खेती गर्ने गरेकामा वडा कार्यालयले वीउ उपलब्ध गराएपछि यो वर्ष भने किसान व्यवसायिक रुपमा बेसार खेती गरेका हुन् । 

वडा भरका किसानले यो वर्ष ३ सय क्विन्टल बेसार उत्पादन गरेका छन् । काटेर सुकाएको बेसार प्रति क्विन्टल १२ हजारमा बिक्रि भएको मग्माकी किसान सिता कुसारीले जानकरी दिनुभयो । व्यापारीले घरमै पुगेर बेसार खरिद गरेको उहाँको भनाई छ । उत्पादन भएको बेसारले राम्रो वजार पाए पछि किसान बेसार खेती विस्तारको योजनामा लागेको अर्का किसान लालबहादुर कुसारीले बताउनुभयो ।

‘घरमै खानको लागि मात्र बेसार उत्पादन गर्ने गरेका थियौ, तर अहिले व्यवसायिक रुपमा बेसार खेती थालेका छौं, कुसारीले भन्नुभयो ।’ बेसार खेतीमा वडा सरकारले राम्रो सहयोग गरेको किसानको भनाई छ । उत्पादन भएको बेसार व्यपारीले घरमै आएर खरिद गरिदिएपछि किसान झनै उत्साहित भएको वडा अध्यक्ष मनोजकुमार अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार बेसार उत्पादनको राम्रो सम्भावना भएको ठाउँका किसानलाई बेसारको वीउ वितरण गरिएको हो । बेसार खेती विस्तारका लागि वीउ वितरण कार्यक्रमलाई अझै प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update