रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा पालिकास्तरीय टाइफाइड रोग बिरुद्धको खोप अभियान सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । नगरपालिका, स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा पालिकास्तरीय टाइफाइड रोग बिरुद्धको खोप अभियान सम्बन्धी अभिमुखीकरण गोष्ठी भएको हो । टाइफाइड खोप अभियानको लक्ष्य, उद्देश्य र सञ्चालन प्रक्रिया तथा उपलब्धी तथा अबस्थाको बारेमा सरेकारवालाहरुलाई जानकारी गराई स्थानीय स्तरमा त्यसको पहुँच बृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण सञ्चालन गरिएको शाखा प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमको परिचय, टाइफाइड रोग बिरुद्धको खोप अभियानको पृष्ठभूमि र औचित्य, टाइफाइड रोग बिरुद्धको खोप अभियानको लक्ष्य, उद्देश्य, रणनीति र कार्यनीति लगायतका बिषयमा छलफल भएको छ । नगरपालिकाका उप प्रमुख प्रेमकुमारी सुनार केसीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन, स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख मान बहादुर खत्री, वडा अध्यक्षहरू, बिषयगत शाखा प्रमुखहरु र विद्यालय नर्सहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक बेदाराम ओलीले गर्नुभएको थियो ।