Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा सामुदायिक र स्वास्थ्य गरी ३३ भवन निर्माण
चौरजहारी नगरपालिका १०, स्थित सहिद स्मृति नगर अस्पतालको भवन ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा विभिन्न पूर्वाधार भवन निर्माण गरिएका छन् । नगरपालिकाले नगरपालिकाको प्रशासनिक भवन, वडा कार्यालय सामुदायिक भवन गरी १८ भवन निर्माण गरेको छ । चौरजहारी नगरपालिकाले प्रशासनिक भवन निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ । नगरपालिकाले १४ मध्य १० वडाका भवन निर्माण गरिसकेको छ । १, २, ३, ४ र ५ नम्बर वडाको भवन निर्माण भएको छ ।

७, ९, १०, १३ र १४ नम्बर वडाको कार्यालय भवन निर्माण भइसकेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि हालसम्म यि भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख विशाल शर्माका अनुसार २ नम्बर वडामा कृषि उपज संकलन केन्द्र, ३ नम्बर वडामा सहिद स्मृति भवन निर्माण गरिएको छ । वडा नम्बर १, २ र ४ नम्बर वडामा सामुदायिक भवन निर्माण भएको छ ।

१० नम्बर वडाको टिस्यू कल्चर प्रयोगशाला भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ । १ र २ नम्बर वडाको सिमानामा बस पार्क र त्यसका अरु संरचना निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ । विद्याय भवन, स्वास्थ्यतर्फका भवन बाहेक यी भवन र सहरी विकास क्षेत्रमा नगरपालिकामा काम भएको नगरप्रमुख विशाल शर्माले बताउनुभयो । आवश्यक्ता र मागका आधारमा भौतिक संरचना निर्माण गरेर प्रयोगमा ल्याएको भन्दै नगरप्रमुख शर्माले केही संरचना निर्माणको चरणमा रहेको जानकारी दिनुभयो । 

स्वास्थ्यतर्फ १५ भवन
नगरपालिकाले स्वास्थ्यतर्फ १५ वटा भवन निर्माण गरेको छ । १० नम्बर वडाको चिन्नेबगरमा नगर अस्पताल भवन, १० वटा वडाका आधारभुत स्वास्थ्य केन्द्रका भवन, ३ वटा स्वास्थ्य चौकी भवन निर्माण गरिएको नगरपालिकाले जाएको छ । ९ नम्बर वडामो १५ शैøयाको भवन निर्माणको क्रममा रहेको छ ।

नगरपालिकाले २ वटा एम्बुलेन्स र एक वटा शव वाहन सञ्चालन गरिरहेको छ । २१ हजार ६ सय ६१ जनाको स्वास्थ्य बीमा भएको छ । गर्भवती, सुत्केरी, अपांग, सहिद परिवार तथा गरिबलाई निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गरिरहेको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update