आसन्न स्थानीय तहको निर्वाचनमा तालमेका लागि नेकपा एमाले रुकुम पश्चिमले छलफल गर्ने भएको छ । जिल्ला कमिटिको सचिवालय बैठकले आवश्यक्ता अनुसार तालमेल गर्ने र त्यसका लागि छलफल गर्ने निर्णय गरेको छ । तालमेलको छलफल र सल्लाहका लागि जिल्ला इन्चार्ज तिर्था गौतम, सह इन्चार्ज चन्द्रबहादुर विक, नन्दराम देवकोटा, नाराणकुमार शाह र गोविन्द केसी सदस्य रहेको एक समिति समेत बनाइएको छ ।
बैठकले चुनाव प्रचार प्रसा समिति तथा घोषणा पत्र निर्माण समिति पनि बनाएको छ । कर्णबहादुर ओलीको संयोजकत्वमा ढुण्डी शर्मा, कर्मप्रसाद देवकोटा र गोपिराम केसी सदस्य रहेको समिति बनाइएको एक सचिवालय सदस्यले जानकारी दिए । बैठकले स्थानीय तहको निर्वाचनका लागि चैत्र २९ गते भित्रै उम्मेदवारको टुंगो लगाएर सम्बन्धित कमिटिमा सिफारिस गर्ने गरी निर्णय गरेको छ ।
सबै वडाको बैठक बस्ने र वडा अध्यक्षदेखि वडा सदस्यका उम्मेदवारको सिफारिस जिल्ला कमिटिमा पठाउने निर्णय छ । बैठकले वैशाख ९ गते पार्टी स्थापना दिवश मनाउने जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यलाई सम्मान गर्ने र चैत्र २८ गते सबै पालिकाको पार्टी बैठक बस्ने निर्णय गरेको छ । सोही बैठकले उम्मेदवार सिफारिस गर्ने गरी निर्णय भएको जनाइएको छ ।