नेपाली कांग्रेसले विरोध प्रर्दशन गरेको छ । ६ वटा स्थानीय तह रहेको रुकुम पश्चिममा कांग्रेसले मुसीकोट, आठबीसकोट नगरपालिका र त्रिवेणि गाउँपालिकामा मात्रै विरोध प्रर्दशन गरेको हो । सबै स्थानीय तहमा प्रर्दशन गर्ने भनिएपनि कांग्रेसले चौरजहारी नगरपालिका, बाँफिकोट र सानीभेरी गाउँपालिकामा विरोध प्रर्दशन गरेन ।
केपी शर्मा ओलीले पछिल्लो पटक चालको असंवैधानिक कदमको विरुद्धमा कांग्रेसका नेता, कार्यकर्ता, समर्थक र शुभ चिन्तकले खलंगा, गोतामकोट र झुल्नेटामा विरोध प्रर्दशन गरेका हुन् । खलंगाको विरोध सभालाई लुम्बिनी प्रदेश सभा सदस्य डिल्ली चौधरी, गोतामकोटको सभालाई जिल्ला सभापति प्रेमप्रकाश ओली र झुल्नेटाको विरोध सभालाई महासमिति सदस्य खड्कबहादुर डाँगीले सम्बोधन गर्नुभएको थियो ।
विरोध प्रर्दशनमा बोल्ने नेताहरुले केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधान पालना नगरेको बताएका थिए । संविधानमा हुँदै नभएको अधिकार भनेर ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई सहि कदम भन्न नसकिने उनिहरुको भनाई थियो । यद्यपी यो कदम चाल्नुका पछाडी नेकपाकै अरु नेताहरुको पनि हात रहेको जिकिर कांग्रेस नेताहरुको छ । नेकपा भित्रको बेमेल प्रतिनिधि सभा विघटनामा देखिएको र त्यसमा प्रधानमन्त्रीको मात्रै नभएर अरु नेताहरुको हात रहेको कांग्रेस नेताहरुको आरोप छ ।