नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पूर्वले जिल्लाका सबै मतदान केन्द्रमा सभा गरेको छ । आज जिल्लाका ४९ मतदान केन्द्रमा सभा गरेको हो । पार्टीका सहायक संगठन वाइसीएलको आयोजनामा मतदान केन्द्र स्तरीय सभा सम्पन्न भएका हुन् ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदान केन्द्रमा कार्यक्रम गरिएको वाइसीएल रुकुम पूर्वका संयोजक तिलक रेउले भाष्करले जानकारी दिनुभयो । कार्यक्रममा सम्बन्धित गाउँपालिका, वडा तथा टोलमा रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिकाका पदाधिकारी तथा सदस्य र वडाका पदाधिकारी, सदस्य सहभागि भएका छन् ।
पछिल्लो समय माओवादी केन्द्र रुकुमले पूर्व चुनाव केन्द्रीत बढाउँदै लगेको छ । चैत्र २१ गते मात्रै तकसेरामा भातृ संगठनका पदाधिकारी सहितको प्रशिक्षण कार्यक्रम गरेको थियो । निर्वाचनका शिलशिलामा माओवादी नेतृ कमला रोका, केन्द्रीय सदस्य तेजबहादुर ओली, सुवोध शेर्पाली, बैकल्पिक केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठ प्रदेश स्तरका लगायतका नेताहरु जिल्लामै छन् । केहीदिनमा नेता गणेशमा पुन पनि जिल्ला आउने तयारी रहेको बताइएको छ ।