Kakhara सबैको खबर सम्पूर्ण खबर
५० किसानलाई सय बाख्रा वितरण

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका ४ वटा वडाका सिमान्तकृत अति गरीब किसानलाई बाख्रा वितरण गरिएको  छ । नेपाल ख्रीष्टिय राहत सेवाले मुसिकोट नगरपालिकाका  ७, ८, १० र ११ नम्बर  वडाका किसानलाई बाख्रा वितरण गरेको हो ।    आज एक कार्यक्रमका बिच वडा नम्बर ११ को ट्याउखोलामा  ४ वडाका ५० जना किसानलाई २/२ वटा दरले बाख्रा वितरण गरिएको हो ।

मुसिकोट नगरपालिकाको समन्वयमा नेपाल ख्रीष्टिय राहत सेवाले बाख्रा वितरण गरेको हो । नगरपालिकासँगको समन्वय र छलफलका आधारमा सिमान्तकृत र जोखिममामा परेका किसानहरुलाई बाख्रा वितरण गरिएको नेपाल ख्रीष्टिय राहत सेवाका परियोजना अधिकृत सेतलाल सुनारले  बताउनुभयो । सुनारका अनुसार उनिहरुको आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले बाख्रा वितरण गरिएको हो । बाख्रा दिइएका किसानलाई एक दिनको प्राविधिक तालिम दिइने जनाइएको छ ।

ति किसानले यस अघि पनि यो सम्बन्धिको तीन दिनको तालिम लिइसकेका छन् । मुसिकोट नगर उप प्रमुख प्रेमकुमारी सुनारले प्राप्त बाख्राबाट किसानले लाभ लिन्नुपर्ने बताउनुभयो । कुनै कुनै ठाउँमा सरकारले दिएको अनुदानको वेवास्ता भएको, सदुपयोग नभएको  भन्दै  यस्तो नगर्न र उद्देश्य अनुसार अघि बढ्न किसानलाई आग्रह गर्नुभएको छ ।

बाख्रा वितिरण कार्यक्रममा उपप्रमुख सुनार, पशु सेवा शाखा  प्रमुख सरस्वती सापकोटा   पशु सेवा प्राविधिधक भिमबहादुर बुढाथोकी एन एल जि इन्स्योरेन्स शाखा प्रमुख मोहन बुढाथोकी  लगायतको  उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण नेपाल ख्रीष्टिय राहत सेवाका स्थानीय परिचालक सूर्यप्रकाश शर्माले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update