Kakhara सबैको खबर सम्पूर्ण खबर
आईटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न

रुकुम पश्चिममा प्रथम जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ४ सोलावाङमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता रुकुम आईटीएफ तेक्वान्दो संघले आयोजना गरेको हो ।  प्रतियोगितामा २० देखि ६५ केजी समुहका खेलाडीहरुले स्पाईरिङमा प्रतिस्प्रधा गरेका थिए ।

महिला तर्फको २० देखि २५ केजि समुहमा सरस्वती घर्ती प्रथम, २५ देखि ३० केजि समूहमा सौजन्य बुढा प्रथम हुनुभएको छ । त्यस्तै ३० देखि ३५ केजि समुहमा पवित्रा बुढा प्रथम, दिपशिखा विक दोस्रो हुनुभएको छ । त्यस्तै ३५ देखि ४० केजि समुहमा अुनषा बुढा प्रथम, पुष्पा पुन दोस्रो र अरुणा चन्द तेस्रो हुनुभएको छ । ४० देखि ४५ केजि समूहमा निशा बुढा प्रथम, रेन्जु बुढा दोस्रो र कमला विक तेस्रो हुनुभएको छ ।  

४५ देखि ५० केजि समुहमा डेनिका शाह प्रथम, सवित्रा सिङ दोस्रो, र रेविका विक तेस्रो हुनुभएको छ । त्यस्तै महिला तर्फकै ५० देखि ५५ केजि समुहमा फुलमाया बुढा प्रथम हुनुभएको छ । त्यस्तै पुरुष तर्फ २० देखि २५ केजि समुहमा राजन विक प्रथम, सर्जन घर्ती दोस्रो, हेमराज बुढामगर र अर्जुन विक तेस्रो हुनुभएको छ । २५ देखि ३० केजि समुह तर्फ निराजन परियार प्रथम, अभि विक दोस्रो, र वम चन्द तेस्रो हुनुभएको छ ।

३० देखि ३५ केजि समुह तर्फ आकाश बुढा प्रथम, लवकुश विक दोस्रो र नवराज महर तेस्रो हुनुभएको छ । त्यस्तै पुरुष तर्फकै ३५ देखि ४० केजि समुह तर्फ पवन चन्द प्रथम, धनबहादुर सुनार दोस्रो र सन्तोष विक तेस्रो हुनुभएको छ । ४० देखि ४५ केजि समुहमा नवराज बुढा प्रथम, रुपेन्द्र बुढा दोस्रो र रुपलाल ओली तेस्रो हुनुभएको छ । ४५ देखि ५० केजि समुहमा विक्रान्त बोहोरा प्रथम, विजय ओली दोस्रो र  मनिष खड्का मगर तेस्रो हुनुभएको छ । 

त्यस्तै परुष तर्फकै ५० देखि ५५ केजि समुहका सविन बुढा प्रथम, सुमन खत्री दोस्रो र लक्षमण विक तेस्रो हुनुभएको छ । ५५ देखि ६० वर्ष समुह तर्फ प्रशान्त बुढा बुढा प्रथम, चंख बुढा दोस्रो र कमल विक तेस्रो हुनुभएको छ । ६० देखि ६५ केजि समुह तर्फ चन्द्रबहादुर सिङ प्रथम, टेकबहादुर विक दोस्रो र टेकराज विक तेस्रो हुनुभएको हो । प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update