Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा पनि टाइफाइड विरुद्धको खोप लगाइँदै

रुकुम पूर्वमा पनि टाइफाइड विरुद्धको खोप लगाउन सुरु गरिएको  छ ।  बिहीबार भूमे गाउँपालिकाबाट  खोप लगाउन सुरु गरिएको थियो । आज  सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकाबाट पनि यो अभियान सुरु गरिएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ३ मा रहेको जनता मावि  पोखराबाट खोप लगाउने कार्यको शुभारम्भ गरिएको थियो ।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले उक्त  अभियानको शुभारम्भ गर्नुभएको हो । बिहीबार देखि सुरु भएको खोप अभियान चैत २९ गते सम्म चल्ने जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पूर्वले जानकारी दिएको  छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका १८ हजार चार सय १८ जना बालबालिकालाई यो खोप लगाइने छ ।

१ सय ४८ ओटा खोप केन्द्रबाट खोप दिन थालिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत मनोज श्रेष्ठले जानकारी दिनुभयो । अभियानमा दुई सय ९६ जना स्वास्थ्यकर्मी खटिएका छन् । १५ वर्ष मुनिका बालबालिकालाई ११ गुणा बढी संक्रमण हुने हुँदा टाइफाइड विरुद्धको खोप लगाउने अभियान ल्याइएको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update