रुकुम पश्चिममा क्रियाशिल अधिकांश पत्रकारहरुको आँखामा दृष्टिदोषको समस्या देखिएको छ । आज नेपाल पत्रकार महासंघ रुकुमले आयोजना गरेको निःशुल्क आँखा जाँच शिबिरको क्रममा यस्तो पाइएको हो ।
कम्युटर, ल्यापटप र मोवाइल जस्ता प्रविधिसंग जोडिएका विद्युतिय उपकरणको बढ्दो प्रयोगको कारण पनि दृष्टिदोषको समस्या देखिएको आँखा उपचार केन्द्रका इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो । केसीका अनुसार ति प्रविधिसंग जोडिएका विद्युतिय उपकरण्को प्रयोग गर्दा आँखामा हुने असरको बारेमा ख्याल गर्नु पर्ने बताउनुभयो ।
२८ जनाको आँखा जाँच गर्दा १२ जनामा दुरदृष्टिको समस्या देखिएको छ । ९ जनालाई चश्मा प्रयोग गर्नु पर्ने देखिएको प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार बाँकीलाई आँखा सुख्खा हुने समस्या पनि देखिएको छ । आँखा उपचारकेन्द्र सल्लेमा पुगेर आँखा जाँच गएका पत्रकारहरुलाई निशुल् औषधि बितरण गरिएको थियो ।
आँखामा सुख्खापन देखिएको र चश्मा लाउनुपर्ने सबैलाई औषधी दिइएको प्रमुख केसीले बताउनुभयो । नेपाल पत्रकार महासंघ रुकुमको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको एक वर्ष पुगेको अवसरमा आँखा जाँच शिविर आयोजना गरिएको महासंघका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।