Kakhara सबैको खबर सम्पूर्ण खबर
आइतबार सार्वजनिक विदा

सरकारले राम नवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्‍को बैठकको निर्णय अनुसार शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेको हो । 'वि स २०७८ साल चैत २७ गते आइतबार रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‍बाट मिति २०७८ साल चैत २४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update