रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर ४ मा आयोजित पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । परम्परागत रुपमा लाग्दै आएको रेलेबगर मेलाको अवसरमा रेलेबगर मेला व्यवस्थापन समितिले आयोजना गरेको खुल्ला शुद्ध वडा स्तरिय भलिबल प्रतियोगिता आज सम्पन्न भएको हो ।
१९ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता बाँफिकोट गाउँपालिका वडा नम्बर २ प्रथम भएको छ । आज भएको फाइनल मा आयोजक बी लाई पराजित गर्दै बाँफिकोट २ प्रथम भएको हो । यस्तै आयोजक बी दोस्रो र आयोजक ए तेस्रो भएका छन् ।
प्रथम, दोस्रो, र तेस्रो नगद ३५, २५, १५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र वितरण गरिएको मेला व्यवस्थापन समिति सचिब चन्द्र पुन मगरले जानकारी दिनुभयो । यस्तै मुसिकोट नगरपालिका वडा नम्बर १ को छिङ सञ्चालित प्रतियोगिता पनि सम्पन्न भएको छ ।
चैत्र दशैं को अवसरमा आयोजित खुल्ला शुद्ध वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको हो । रुकुम पूर्व र पश्चिम १५ टिमले प्रतिस्पर्धा गरेको भलिबल प्रतियोगिता मा बाँफिकोट ४ प्रथम भएको छ । आज भएको फाइनलमा आयोजकलाई पछि पार्दै बाँफिकोट ४ प्रथम भएको हो । प्रथम हुने बाँफिकोट ले नगद ५० हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै दोस्रो आयोजक ले नगद ३० हजार को साथमा मेडल र प्रमाणपत्र हात पारेको मेला व्यवस्थापन समिति सचिब कमल भण्डारी ले जानकारी दिएको छ । उहाँ अनुसार प्रतियोगिता तेस्रो हुने बाँफिकोट ३ ले नगद २० हजारको साथमा मेडल र प्रमाणपत्र पाएको छ ।