रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्थित बराहाटाकुरामा आज बाट म्यादी प्रहरीको तालिम सुरु भएको छ । आसन्न स्थानीय तह निर्वाचनको लागि रुकुम पश्चिममा ६ सय ८७ जना म्यादी छनौट भएका छन् । जिल्ला प्रहरी कार्यालयले उनिहरुको तालिम सञ्चालन गरेको हो ।
६ सय ८७ जनाको माग रहेको रुकुम पश्चिममा २ हजार १० जनाले आवेदन दिएका थिए । तालिम्मा उतिर्ण मध्य १० जना भने तालिममा उपस्थित नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । प्रहरी निरीक्षक शर्माले अनुपस्थित १० जना भोली सम्म उपस्थित नभए बैकल्पिक सूचिकालाई तालिममा राख्ने बताउनुभयो ।
प्रहरीले म्यादीलाई १० दिनको तालिम दिने जनाएको छ । तालिमपछि म्यादी परिचालनको संख्या एकिन हुने प्रहरीले जनाएको छ । म्यादी प्रहरीको तालिमको उद्घाटन बराहटाकुरामा आज प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले गर्नुभएको थियो ।