Kakhara सबैको खबर सम्पूर्ण खबर
कमलका जरा निकाल्न ठेक्का आह्वान

रुकुम पूर्व सिस्ने गाउँपालिका–५, रुकुमकोटमा रहेको कमलदहमा पाइने कमलका जरा निकाल्न ठेक्का आह्वान भएको छ । गाउँपालिकाले १५ दिनको समयसिमा राखेर यो वर्षको जरा निकाल्न ठेक्का आह्वान गरेको हो । न्युनतम एक लाख रुपैयाँ शुल्क तोकेर जरा निकाल्नको लागि ठेक्का आह्वान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिनुभयो ।

माघ १५ गते मध्यान्ह १२ बजेसम्म ठेक्काको समय राखिएको छ भने दिउँसो २ बजे ठेक्का खोलिने दाहालले बताउनुभयो । विगतका वर्षभन्दा यो वर्ष यसको विक्री वितरण पनि व्यवस्थित हुने गाउँपालिकाले जनाएको छ । ठेक्का सम्झौता गर्ने ठेकेदारसित विक्री वितरणको व्यवस्थापनबारे पनि थप सम्झौता गरिने दाहालले बताउनुभयो ।

विगतका वर्षमा ठेक्का लिनले मनपरी ढंगबाट कमलका जरा निकाल्ने र विक्री गर्ने गरेका थिए । यसमा उपभोक्ताको व्यापक गुनासो थियो । स्थानीय तहमा निर्वाचन भएपछि कमलका जरा निकाल्ने ठेक्का लगाउन थालिएको थियो । त्यस अघि समितले मार्फत कमलका जरा निकालिने र विक्री गर्ने गरिएको थियो । कमलको जराको अचार खाइन्छ । यसबो जण्डिसका विरामी निको हुन्छन् भन्ने मान्यता छ । कमलका जरा देशका विभिन्न जिल्ला तथा विदेशसम्म पठाइन्छ ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update