नायगाडमा भेटिएको बम निष्कृय पारीयो
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ मा भेटिएको सकेट बम निष्किृय गरिएको छ । २ नम्बर स्थित कोटघारीमा भेटिएको सकेट बम नेपाली सेनाले निष्कृय गरेको हो । सोमबार घाँस काट्न वनमा गएका स्थानीयले बम जस्तो शंकास्पद वस्तु भेटे लगत्तै इलाका प्रहरी कार्याललय प्वाङमा जानकारी गराएका थिए । सूचना प्राप्त भए पछि घटनास्थलमा पुगेको प्रहरीले नेपाली सेनाको टोलीले बमलाई निष्कृय गराएको हो ।
स्थानीयले भेटाएको बम निष्कृय पारिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेन्द्र बाँनीयाले जानकारी दिनुभयो । एक एक महिना अघि पनि सोही वडामा बम फेला परेका थिए । यो सहित वडामा तीन पटक बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८ ०८:१४
प्रतिक्रिया दिनुहोस्