Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा किन जान्छ पटक पटक विद्युत

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ स्थित धैरेनिचौरमा सव स्टेशन सञ्चालनमा आएको छ । सव स्टेशन सञ्चालनमा आएपनि विद्युत भने नियमित हुनसकेको छैन । धैरेनिचौर सव स्टेशनबाट प्रशारण हुने विद्युत लाईन पटक पटक जाने समस्या रहेको छ ।

विद्युत प्राधिकरण रुकुम पश्मिले भने  सव स्टेशनमा मात्रै समस्या नभएर अन्य ठाउँमा समस्या हुने गरेको बताएको छ । सल्यानको पटारे र दाङको तुल्सिपुरमा विद्युत लाईनको समस्या हुने गरेको बताएको हो । सल्यानको पटारेमा इन्सुलेटर पन्चड हुँदा २ दिन  समस्या भएको र कहिले तुल्सिपुरबाटै समस्या हुने गरेको बताएको छ ।  

अहिले तुल्सिपुरबाट नै विद्युत प्रशारण भएको  हुँदा बेला बेला विद्युत लाईन जाने समस्या भएको रुकुम पश्चिमका विधुत प्राधिकरण प्रमुख त्रिलोचन भटराईले बताउनुभयो । प्रमुख भटराईका  अनुसार सव स्टेशनको सेटिङको काम गर्न लागिरहेको र अवको केही दिन भित्र सेटिङको काम सकिने बताउनुभयो । सेटिङकको काम सकिएपछि बेला बेला विधुत लाईन जाने समस्या हल  हुने र विद्युत लाईन नियमित हुने प्रमुख भटराईले बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update