रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ६ की एक क्यान्सर पीडित महिलाको लागि सहयोगको याचना गरिएको छ । वडाको वसिबाङकी क्यान्सर पीडित रेजिना केसीको उपचारको लागि धेरै पैसा लाग्ने भए पछि उपचारको लागि सहयोगको याचना गरिएको हो ।
उहाँलाई ब्लड क्यान्सर भएको उहाँका बुवा मोहन केसीले जानकारी दिनुभयो । लामो समय सम्म भक्तपुर क्यान्सर अस्पतालमा लामो समय सम्म उपचार भैरहेको थियो । उहाँलाई नेपालमा उपचार संम्भव नभए पछि भारतको गान्धी क्यान्सर अस्पतालमा उपचार भैरहेको बुवा मोहनले जानकारी दिनुभयो ।
रेजिनालाई ब्लड क्यान्सर भएको भन्ने थाहा भएको दुई महिना भएको बुवा मोहनको भनाई छ । भक्तपुर क्यान्सर अस्पतालमा रेजिनाको उपचारमा करिव साढे चार लाख रकम खर्च भैसकेको छ । अहिले उपचार भैरको भारतको गान्धी क्यान्सर अस्पतालमा एक पटक किमो थेरापी गर्दा १ लाख २९ हजार भारु खर्च हुने गरेको रेजिनाको परिवारले जनाएको छ ।
उहाँलाई सहयोग गर्न चाहानेहरुले नेपाल एसविआइ बैंक पाटक शाखाको खाता नम्वर २०२१५२४९९००४९५ मा रकम जम्मा गर्न सक्ने उहाँका श्रीमान धनराज केसीले जानकारी दिनुभयो । उहाँको सहयोगको लागि रकम उठ्न थालेको समाजसेवी अनिल बुढामगरले जानकारी दिनुभयो । रेजिनाको उपचारको लागि सहयोग गर्न बुढामगरले पनि सबैलाई आग्रह गर्नुभएको छ ।