Kakhara सबैको खबर सम्पूर्ण खबर
सिचाई कुलो निर्माणको काम सम्पन्न
फाइल फाेटाे ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ को लसुने खोला उनेचौर  सिचाई आयोजनाको काम सम्पन्न भएको छ । १ सय ३० मिटर लम्बाईको सिचाई कुलोे निमार्णको काम सकिएको हो । सिचाई कुलो निमार्ण भएसँगै अव २ नम्बर वडाको उनेचौर कत्तरकारे र बेरवोटका ३० घरधुरिले लाभ लिने लसुने खोला उनेचौर सिचाई कुलो निमार्ण समितिका अध्यक्ष पलबहादुर खड्का मगरले बताउनुभयो ।

निमार्ण समितिका अध्यक्ष खड्का मगरका अनुसार सिचाई कुलाको काम सकिए पनि लेखा परिक्षण गर्न बाकि रहेको बताउनुभयो । अब खेती गर्ने किसानका लागि हिउँदको समयमा पानीको समस्या नहुने भएको छ । खेती गर्ने किसानका लागि पानीको अभाव नहोस भनेरै सिचाई कुलो निमार्ण गरिएको उहाँको भनाई छ । लसुने खोला उनेचौर सिचाई कुलो निमार्णको लागि  खानेपानी, सिचाँई तथा उर्जा विकास कार्यालय रुकुम पश्चिम बाट ३ लाख बजेट प्राप्त भएको निमार्ण समितिका अध्यक्ष खड्का मगरले बताउनुभयो ।
 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update