रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पहिलो स्थानीय सरकारले हालसम्म सम्पादन गरेका कामहरुको सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधिले कार्यभार सम्हालेपछि हालसम्म गाउँपालिकामा भए गरेका विकास निर्माण, बनेका ऐन, नियम, कानून, कार्यविधि सार्वजनिक गरिएको हो ।
गाउँपालिका अध्यक्ष कुमारी बरालले एक कार्यक्रम मार्फत हालसम्मको कामकाजका विवरण सार्वजनिक गर्नुभएको हो । रुकुम पूर्वमा २०७४ असार १४ गते स्थानीय तहको निर्वाचन भएको थियो । त्यसपछि सिस्ने गाउँपालिकाले जनप्रतिनिधिले कामकाज थालेका थिए ।
सिस्ने गाउँपालिका अध्यक्ष बरालले २०७४ निर्वाचन भएययता हालसम्मका सम्पूर्ण कार्य सम्पादनका बारेमा जानकारी गराउनुभएको थियो । सामाजिक विकास, आर्थिक विकास, भौतिक पूर्वाधार, स्वास्थ्य, विद्युत, उर्जा, खानेपानी, सिचाई, झोलुङ्गे पुल, सरसफाईको विकास विकासबारे अध्यक्ष बरालले जानकारी गराउनुभएको छ ।