रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकामा ६ हजार बढी बालबालिकाले टाइफाइड खोप लगाएका छन् । चैत्र २५ गते देखि ३० गतेसम्म संचालन भएको खोप अभियानबाट ६ हजार ९१ जना बालबालिकाले खोप पाएका हुन् । खोपका लागि गाउँपालिकाका १० वडामा ४१ वटा केन्द्र तोकिएको थियो । उक्त खोप केन्द्रहरुबाट १५ महिना देखि १५ वर्ष उमेर समुहका बालबालिकाहरुले खोप पाएको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार १५ देखि २३ महिना सम्मका ३ सय २९ जना र २ देखि १५ वर्ष मुनिका ५ हजार ७ सय ६२ जना बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईएको हो । खोप लगाईएका बालबालिकामा अहिलेसम्म कुनै असर नदेखिएको घर्तीले बताउनुभयो । गाउँपालिकामा खोप अभियानका लागि ६९ जना स्वास्थ्यकर्मी र ९७ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको थियो ।