त्रिवेणीमा एमालेको तर्फबाट डिल्लीबहादुर ओली अध्यक्ष र धनकला विष्ट उपाध्यक्षका उम्मेदवार
वडाध्यक्षका उम्मेदवारहरु भने टुंगिन बाँकी ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको नाम जिल्लामा सिफारिस गरेको छ । अध्यक्षमा डिल्लीबहादुर ओली र उपाध्यक्षमा धनकला विष्टको नाम सिफारिस गरिएको हो ।
पार्टीको गाउँ कमिटिको बैठकले सर्वसम्मत अध्यक्षमा ओली र उपाध्यक्षमा विष्टको नाम सिफारिस गरेको एमाले त्रिवेणीले जनाएको छ । एक एक जना मात्रै सिफारिस भएकाले आगामी स्थानीय तहको निर्वाचनमा उनिहरु नै पार्टीको तर्फबाट उम्मेदवार हुने बताइएको छ । व
डाध्यक्षहरु भने १ जना भन्दा बढी भएकाले जिल्लाले नै अन्तिम टुंगो लगाउने गरी जिल्लामै पठाइएको गाउँ कमिटिले जनाएको छ । बैठकले निर्वाचन परिचालन कमिटि, युवा परिचालन कमिटि गठनका साथै अरु विभिन्न निर्णय पनि गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९ ०९:१७
प्रतिक्रिया दिनुहोस्