Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी बजार क्षेत्रको मुख्य सडक कालोपत्रे हुँदै 
कालाेपत्रेका लागि तयार पारिएकाे सडक ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ५ वडालाई जोड्ने मुख्य सडक कालोपत्रे हुँदै छ । नगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने ७.२ किलोमिटर बाटो कालोपत्रेको काम चलिरहेको छ । नयाँ शहर आयोजना कार्यालय चौरजहारीबाट नगरपालिकाका वडा नम्बर १ देखि ५ नम्बरमा पर्ने सडक कालोपत्रेको काम चलिरहेको हो । 

७.२ किलोमिटर सडक कालोपत्रे र १० किलोमिटर नाला ग्राभेल हुन लागेको नयाँ शहर आयोजना कार्यालयका खरिदार खिमबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार सडक ८.६० मिटर देखि ११ मिटरसम्म चौडा हुने छ । यस आयोजनाको नाम चौरजहारीका मुख्य सडक कालोपत्रे रहेको छ । 

आयोजनाको लागत स्टामेट भ्याट सहित ७५ करोड ३२ लाख ४९ हजार ५ सय ६३ रुपैंया ९ रुपैंया रहेको थियो भने ३५ करोड ७१ लाख ५८ हजार ८ सय ६ रुपैंया ८६ पैसामा ठेक्का लागेको छ । यो भ्याट बाहेकको रकम रहेको कार्यालयले जनाएको छ । यो आयोजनाको सम्झौता २०७५ असार १८ गते भएको थियो । 

सम्झौता अनुसार आयोजनाको काम २०७९ असोज ९ गतेसम्म गरिसक्नुपर्ने छ । यस आयोजनाको ठेक्का श्री स्वच्छन्द–वानियाँ–द क्याराभान जेभि काठमाण्डौंले लिएको नयाँ शहर आयोजना चौरजहारीका प्रमुख धिर फडेराले बताउनुभयो ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update