Kakhara सबैको खबर सम्पूर्ण खबर
व्यवस्थित हुँदै बाल मन्दिर

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ खलंगामा रहेको बाल मन्दिर पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । बाल मन्दिर प्रवेश गर्नको लागि गेट निमार्ण गरिएको छ । मन्दिरको वरिपरिको भागमा पर्खाल लगाउनुको साथै फलामका छडले वरपरको भागलाई घेरिएको छ ।

बाल मन्दिरको प्राङगण पनि ढलान गरेर व्यवस्थित बनाईएको छ ।  गेट, पर्खाल र मन्दिरलाई घरिएको फलामका छडमा रङ लगाउने काम पनि भैरहेको छ । बालमन्दिरमा गेट, पर्खाल, प्राङगण निमार्ण र रंग रोगन गर्न मुसीकोट नगरपालिकाले २ पटक बजेट व्यवस्थापन गरेको छ । 

पहिलो पटक १० लाख र दोस्रो पटक ५ लाख गरी जम्मा १५ लाख बजेटमा बाल मन्दिरको गेट र पर्खाल निर्माणको काम सकिएको मुसीकोट नगरपालिकाका योजना शाखा प्रमुख कुवेर केसीले बताउनभयो । केसीका अनुसार  बाल मन्दिर व्यवस्थित बन्दै गएपछि विभिन्न सांस्कृतिक कार्यक्रम सहित अन्य कार्यक्रम संचालन गर्न सहज हुने विश्वास गरिएको छ । 

यसका साथै बाल मन्दिरको संरक्षण पनि हुने भएको छ । वरिपरि खुला हुँदा बाल मन्दिरमा फोहोर बढ्नुका साथै बाल मन्दिर कुरुप बन्दै गएको थियो ।  
 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update