जिसस प्रमुख शर्मा ‘सुप्रवल जन सेवाश्री’ पदकबाट सम्मानित
जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा ‘सुप्रवल जन सेवाश्री’ पदकबाट सम्मानित हुनुभएको छ । आज राष्ट्रपति विद्यादेवि भण्डारीबाट शर्मा सम्मानित हुनुभएको हो । शर्मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम र डोल्पा कमाण्ड इन्चार्ज समेत हुनुहुन्छ ।
आज राष्ट्रपतिबाट विभिन्न व्यक्तिहरु विभिन्न मानपदवी तथा विभूषणबाट विभुषित भएका छन् । सरकारले ख्याति प्राप्त व्यक्तिलाई सम्मान स्वरुप संविधान विवस २०७८ का दिन उक्त मानपदवी एवं विभूषणको घोषणा गरको थियो । जसमा शर्मा पनि पर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९ १४:०६
प्रतिक्रिया दिनुहोस्