Kakhara सबैको खबर सम्पूर्ण खबर
नयाँ वर्षमा मुसीकोटडाँडामा भिडभाड

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ मा रहेको मुसिकोटडाँडा पछिल्लो समय पर्यटकहरुको गन्तव्य स्थल बन्दै गएको छ । मुसीकोडाँडामा भौतिक  संरचनाहरु  व्यवस्थित हुनु र मुसीकोटडाँडाबाट चारै तिरको दृश्य  देखिन्नु त्यहाँको मुख्य विशेषता रहेको छ ।

मुसीकोटडामा अन्य दिनमा  केही जना जना घुम्न आएपनि शनिबार र अन्य विदाको दिन भने घुम्नेहरुको भिड्भाड हुने गरेको छ । आज नयाँ वर्ष भएकाले पनि  मुसीकोटडाँडा घुम्न आउनेहरुको  संख्या  निकै बढी  रहेको कर्मचारी धनमाया मल्लले बताउनुभयो । मल्लका अनुसार बालबालिका सहित ८ सय जति मान्छे मुसीकोटडाँडा घुम्न आएका छन् ।

आज  मुसीकोटडाँडा घुम्न आएकाले काटेको टिकटबाबाट १२ह जार ५ सय  रकम आर्थिक संकलन भएको मल्लले बताउनुभयो । २ वर्ष अगाडि मुसीकोटडाँडा समितिले चलाए पनि २ वर्षयता भने नगरपालिकाले  कर्मचारी राखेर  यसको रेखदेख गरिरहेको छ । मुसीकोटडाँडाबाट संकलन भएको रकम पनि नगरपालिकामै जम्मा हुने र भौतिक संरचना बनाउनु परेमा सो रकम सोही ठाउँमै खर्च गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update