Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रेस सेन्टर जिल्ला समन्वय समिति रुकुम पश्चिमको बैठक

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम पश्चिमको बैठक बसेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज वसन्तकुमार शर्माको प्रमुख आतिथ्यता, पार्टीका जिल्ला संयोजक गोविन्द रोकाको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

जिल्ला सदरमुकाम खलंगामा बसेको बैठकमा पालिका समितिका तर्फबाट रिपोर्टिङ भएको थियो । बैठकले आसन्न स्थानीय तहको निर्वाचन लक्षित केही निर्णय गरेको सचिव नारायण ओलीले जानकारी दिनुभयो । ६ वटै स्थानीय तहमा आयोजना गरेको आधारभुत पत्रकारिता तालिममा सहभागिलाई समाचार लेखनमा निरन्तरता दिने वातावरणका लागि सहजिकरण गर्ने, सबै पालिकाको बैठक गरेर आवश्यक निर्णय लिने निर्णय पनि बैठकले गरेको सचिव ओलीले बताउनुभयो ।

बैठकमा प्रेस सेन्टर केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश समन्वयकर्ता ध्रुवविक्रम बुढाथोकी, केन्द्रीय सदस्य मेगराज खड्का, कर्णाली प्रदेश बरिष्ठ उपाध्यक्ष गणेशकुमार सिर्पाली, सचिव धनकुमार शाही, कोषाध्यक्ष गोपाल रेग्मी, सदस्य ज्ञानु गौतमको पनि आतिथ्यता रहेको थियो । बैठकका विशेष अतिथि रोका र बुढाथोकीले निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update