Kakhara सबैको खबर सम्पूर्ण खबर
टिएनटी र स्यार्पूताल कलेजलाई कारबाही गर्न अनेरास्ववियू मुसीकोट नगर कमिटिको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूले मुसीकोट नगरपालिका र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियूकी मुसीकोट नगर संयोजक भावना शर्माले एक विज्ञप्ती निकाली विद्यार्थीको भविश्यमाथी खेलवाड गर्ने निजी कलेज र कलेजका सञ्चालकमाथी कानूनी कारबाहीको माग गर्नुभएको हो । जिल्ला सदरमुकाम खलंगामा सञ्चालित टिएनटी कलेज र स्यार्पूताल इन्जिनियरिङ कलेजले विद्यार्थीलाई ढाँटछल गरी विद्यार्थीको भविश्यमाथी खेलवाड गरेको आरोप विज्ञप्तीमा लगाइएको छ ।

कानूनी प्रक्रिया पूरा नगरी, कलेज सञ्चालनका न्युनतम मापदण्ड नपुर्याई विद्यार्थीलाई छलिएको भन्दै विज्ञप्ती मार्फत कलेज र कलेजका सञ्चालकलाई कारबाही गर्न माग गरिएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटीबाट मान्यता नपाएर अवैध रुपमा सञ्चालनमा रहेका कलेजले विद्यार्थीलाई झुट्टा आश्वासन बाँडेर प्राविधिक तर्फका १८ महिने र ३ वर्षे कोर्ष पढाई हुन्छ भनी विद्यार्थीबाट त्यसै अनुसारका शुल्क लिएर ठगि गरेको आरोप अनेरास्ववियूले लगाएको छ । विद्यार्थीहरु ठगियौं भनेर सडकमा आइसक्दा पनि सम्बन्धित पक्षले नसुने झैं गर्नुले संगठनको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  ०५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update