Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने गाउँपालिकामा ८८ कानून निर्माण

रुकुम पूर्वको सिस्ने गाउँ कार्यपालिकाले ८८ वटा कानून निर्माण गरेको छ । २०७४ सालको असार १४ गते भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले हालसम्म ८८ वटा कानून निर्माण गरेर कार्यान्वयनमा लिएका छन् । ऐन, नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड बनाइएको छ ।

यसैगरी संहिता, बडापत्र, तर्जुमा र नीति बनाएर कार्यान्वयनमा लगिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो । अध्यक्ष बरालका अनुसार २६ वटा ऐन, ६ वटा नियमावली, ३८ वटा कार्यविधि बनेर कार्यान्वयनमा छन् ।

५ वटा निर्देशिका, ३ वटा मापदण्ड, २ वटा संहिता, १ वटा बडापत्र, १ वटा तर्जुमा र ६ वटा नीति पास गरिएको अध्यक्ष बरालले बताउनुभयो । काम गर्ने क्रममा आवश्यक्ताका आधारमा कानून बनाउँदै काम गदैृ गरेको अध्यक्ष बरालको भनाई छ ।

पहिलो स्थानीय सरकार भएकाले पनि सबै कानून बनाउर अघि बढेको अध्यक्ष बरालले बताउनुभयो । ‘कानून नै नभएको, कर्मचारी नै नभएको अवस्थाबाट काम थालिएको थियो,’ अध्यक्ष बरालले भन्नुभयो, ‘कानून बनाउँदै काम गर्दै गरियो र यहाँसम्म आइएको छ ।’ 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update