Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा गठबन्धन बन्न सकेन

सत्तारुढ दलहरुबीचको गठबन्धन रुकुम पूर्वमा नहुने भएको छ । शनिबार गठबन्धन दलहरुकाबीचमा भएको छलफल विना निष्कर्ष सकिएको छ । बैठकले गठबन्धन गर्नका लागि पालिका तथा वडालाई अधिकार दिने गरी निर्णय गरेको हो ।

जिल्ला स्तरमै गठबन्धन गर्न सहमति हुन नसकेको बैठकमा सहभागि एक नेताले बताए । ति नेताका अनुसार नेपाली कांग्रेसले माओवादी केन्द्रसँग ५० प्रतिशत पाउनुपर्ने दावी राखेपछि छलफल निष्कर्षमा नगएको हो । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि सम्मानजनक स्थान पाउनुपर्ने माग राखेका थिए ।

माओवादी र कांग्रेसको आआफ्नै दावी भएपछि बैठकले जिल्ला स्तरमा गठबन्धन गर्न सकेन । अब पालिका र वडामा गठबन्धनको निर्णय गर्ने अधिकार सम्बन्धित पालिका र वडालाई दिने निर्णय गर्दै जिल्ला स्तरको बैठक सकिएको जनता समाजवादीका केन्द्रीय सदस्य उपेन्द्रलाल कामीले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update