Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा गठबन्धन नहुने सम्भावना बढ्याे

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा आ–आफ्नो दावी नछाडेपछि रुकुम पश्चिममा पनि गठबन्धन नहुने निश्चित भएको छ । सत्तागठबन्धन दलहरुका बीचमा भएको पाँचौ बैठकले गठबन्धन हुन नसकेको तर सबै दलका दावी केन्द्रमा लेखि पठाएको छ ।  बैठकमा सबै दलले आ–आफ्नो दावी पेश गरेका थिए । सोही दावीमा कोही पनि पछि नहटेपछि गठबन्धनको सम्भावना लगभग सकिएको हो ।

पटक पटकको बैठकमा कुनै पनि दल आफ्नो दावी भन्दा पछि नहटेपछि जे दावी बैठकमा पेश भएको छ, सोही दावी केन्द्रमा लेखि पठाइएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज वसन्तकुमार शर्माले बताउनुभयो । अब केन्द्रबाट आउने निर्देशनपछि थप निर्णय गर्ने गरी बैठकमा सहमति भएको शर्माको भनाई छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओली, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, एकीकृत समाजवादीका अध्यक्ष हरिप्रसाद शर्मा, जनता समाजवादीका अध्यक्ष प्रशाराम खत्री र राष्ट्रिय जनमोर्चाको तर्फबाट गिरीप्रसाद बुढाले निर्णयमा हस्ताक्षर गर्नुभएको छ । सत्तागठबन्धनमा आवद्ध दलहरु पटक पटक छलफल बसेपनि सुरुमा पेश गरिएको दावी भन्दा कत्ति पनि पछि हटेनन् । 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update