Kakhara सबैको खबर सम्पूर्ण खबर
संचालन भएन साबुन उद्योग 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ४ कोटमा निर्माण भएको साबुन उद्योग संचालनमा आउन सकेको छैन् । आर्थिक वर्ष २०७७/०७८ मा कर्णाली प्रदेशबाट आएको बजेटबाट निर्माण भएको उद्योग संचालनमा आउन नसकेको हो । उद्योगमा हालसम्म ३० लाख बढी बजेट खर्च भइसकेको छ । कर्णाली प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट अति विपन्न तथा दलित वर्ग विशेष कार्यक्रम अन्तरगत आएको २० लाख बजेटबाट भवन निर्माण गरिएको हो । भने पछि थप भएर आएको १० लाख बजेटबाट मेशिन खरिद गरिएको छ । 

उद्योगमा केही उपकरणको अभावका कारण उद्योग संचालन आउन नसकेको मुसीकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष निर्मलकुमार पुनले जानकारी दिनुभयो । ‘एक डेढ लाखका सामग्री अपुग छन्, उक्त सामग्रिको व्यवस्थापनका लागि पहल भइरहेको छ, छिट्टै उद्योग संचालनमा आउँछ, उहाँले भन्नुभयो ।’ उद्योग दर्ताका विषयमा ढिलाई हुँदा पनि समस्या भएको उहाँको भनाई छ । उक्त विद्यालय कोट आधारभूत विद्यालयको हो ।

विद्यालयबाट लिजमा लिएर उद्योग संचालन गर्न लागिएको र लिजमा लिने प्रक्रिया नटुंग्एिका कारण दर्तामा समस्या भएको वडाध्यक्ष पुनले बताउनुभयो । उद्योगबाट लुगा धुने साबुन उत्पादन हुने छ । उद्योगको परीक्षण भने यसअघि नै भइसकेको थियो । अति विपन्न तथा दलितहरुको आयस्रोतमा सुधार ल्याउने उदे्श्यले कर्णाली प्रदेश सभा सदस्य देवी ओलीको एक सांसद एक नमूना कार्यक्रम अन्तरगत उद्योग स्थापना गरिएको हो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update