रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा ९ लालिवाङका हेमन्त बुुढाले तरकारी खेती गर्न लागेको झन्डै ३ वर्ष भयो । सुरु सुरुमा उत्साहका साथ तरकारी खेतिमा लाग्नु भएका बुढा बजारको अभावमा भने निरास हुनु भएको छ । तरकारी उत्पादन गरेपनि बेच्नको लागि निकै समस्या हुने गरेको बुढले बताउनुभयो ।
स्थानीय झुलखेतमा बजार भएपनि तरकारी बेच्न जिल्ला सदरमुकाम खलङगा अनि रुकुम पूर्व सम्म जानुपर्ने बाध्यता रहेको छ । रुकुम पूर्व रुकुमकोटमा तरकारी बेच्न जाँदा पनि भनेजस्तो मूल्य पाउन नसकेको उहाँको गुनासो छ । तरकारी बेचेर कहिलेकाँही उल्टो गाडिभाडा खर्चनुपर्ने बाध्यता रहेको बुढाले सुनाउनुभयो ।
आफु लगायत लालिवाङ १८/२० किसानको समस्या यस्तै रहेको कृषक बुढाले बताउनुभयो । कृषक बुढाका अुसार तरकारी खेती गर्ने किसानको लागि पहिलो प्राथमिक बजारको व्यवस्थान हुनुपर्ने बताउनुभयो । तरकारीको लागि पानीको पनि आवस्यक पर्ने हुदाँ पानीको पनि समस्या रहेको उहाँको भनाई छ ।
३ वर्ष वैदेशिक रोजगारमा समय विताउनु भएका बुढाले अहिले बारीमा प्याज चमचुर फुल गोवि र मुलाको खेती गरिरहनुभएको छ । बजार व्यवस्थापन नहुँदा र उत्पादन गरेको तरकारीले उचित मुल्य नपाउँदा तरकारी खेतप्रतिको आकर्षण घट्दै गएको किसानहरुले बताएका छन् ।