Kakhara सबैको खबर सम्पूर्ण खबर
स्थानीय साँस्कृतिक झाँकी सहित पर्यटकलाई स्वागत

रुकुम पश्चिमको जिल्ला सदरमुकाम स्थित बाल मन्दिरमा विदेशि पर्यटकलाई स्वागत गरिएको छ । मयुर नाँच र पञ्चेबाजा सहितको झाँकिले पर्यटकलाई स्वागत गरिएको  हो । इटालियका पर्यटकलाई  स्वागत गर्न मयुर नाँच  झाँकि समुह  र नेपाली पहिचान झल्किने पोशाकले सजिएर महिला समुह पनि त्रिवेणी चोक सम्म पुगेका थिए ।

त्रिवेणी चोकमा स्वागत गरिसकेपछि झाँकि सहित मयुर नाँच देखाउँदै बाल मन्दिरको प्राङगणमा प्रवेश गराइएको थियो । पर्यटकहरु भने फोटा खिच्दै रमाइलो महशुस गरिरहेका थिए । बाल मन्दिरमा प्रवेश गरिसकेछि पनि मयुर नाच र पञ्चेबाजा प्रर्दशन गरिएको थियो ।

पर्यटन संरक्षण केन्द्र रुकुम पश्चिमले पनि पर्यटकलाई मनोरञ्जन दिन, रुकुमको संस्कृृतिको पहिचान, मयुर नाँच र पञ्चेबजा प्रर्दशन गरिएको बताएको छ । सांस्कृतिक पहिचानमा विदेशि पर्यटक रमाएको र पुनः भ्रमणको लागि रुकुम पश्चिम आउने वातावरण बनोस भनेर यो कार्यक्रम गरिएको पर्यटनकर्मी गोपाल केसीले बताउनुभयो । विदेशि पर्यटक रुकुम भित्रिनु खुशिको कुरा मात्रै नभएर आर्थिक हिसावले पनि रुकुमका लागि फाईदा हुने केसीले बताउनुभयो ।

७ जना इटालियन विदेशि पर्यटकसँगै ४ जना नेपाली नागरिक रुकुम पश्चिम र पूर्वको लागि ११ दिनको भ्रमणमा आएका छन । रुकुम पश्चिम र पूर्वको विभिन्न पर्यटकीय स्थलमा भ्रमण गर्ने बताइएको छ । रुकुम पश्चिम बाँफिकोटमा रहेको स्यार्पू  ताल अबलोकन गर्दै त्यहाँबाट  रुकुम पूर्वको कमलताल अन्य विभिन्न पर्यटकीय स्थलको अवलोकन गरेपछि पुनः रुकुम पश्चिम पुगेर फर्किने बताएको छ । यस अघि पनि इटालीबाटै आएका पर्यटकलाई पनि यसैगरी स्वागत गरिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update