कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष क्रिकेटमा ऐतिहासिक जित हाँसिल गरेको छ । आज काठमाडौंको मुलपानीमा सम्मन्न खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै कर्णालीले प्रधामन्त्री कपको इतिहाँसमै पहिलो जित हात पारेको हो । यसअघिका संस्करणमा पनि कर्णालीले प्रतिस्पर्धा गरेकामा कुनैपनि खेल जित्न सकेको थिएन् ।
मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले ५ विकेटको जित निकालेको हो । टस जितेर ब्याटिङमा उत्रिएको गण्डकीले ४२.३ ओभरमा अलआउट हुँदै २०४ रन बनाएको थियो । गण्डकीका लागि राहुल उपाध्यायले सर्वाधिक ५३ रन बनाउँदा अर्जुन कुमालले ४६ रन बनाए । त्यस्तै विपिन खत्रीले ३२ रन बनाउँदा दिनेश बुढामगरले १० रन लिन सफल भएका थिए ।
बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले सर्वाधिक ३ विकेट लिँदा अनुज चुनारा र दिवान पुनले समान २÷२ विकेट लिए । त्यस्तै कप्तान रवीन्द्र शाहीले एक विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले ३६.५ ओभरमा मात्र ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक अभिजित ६८ रनको योगदान गरे ।
त्यस्तै बिपिन रावलले ४९ रन बनाउँदा राज शाहले ३२ र हेमन्त ओलीले २९ रन जोडेका थिए । बलिङतर्फ गण्डकीका विपिन खत्री एक्लैले ४ विकेट लिँदा सुवास भण्डारीले १ विकेट लिए । प्रतियोगितामा दुई खेल खेलेको कर्णालीको यो पहिलो जित हो । त्यस्तै तीन खेल खेलेको गण्डकीको यो दोस्रो हार हो । अव कर्णालीले माघ ९ गते प्रदेश १ र माघ १० गते एपिएफ संग खेल्ने छ ।