Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा दश शैय्याको अस्पताल बन्ने पक्का

रुकुम पश्चिमको बाँफिकोटमा अस्पताल बन्ने भएको छ । गाउँपालिकामा १० शैøयाको अस्पताल बनाउने प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ । अस्पताल निर्माणका लागि टेन्डर खोल्ने प्रक्रिया अघि बढेको छ । गाउँपालिकाले गरेको आग्रह अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल भवन निर्माणका लागि अरु प्रक्रिया पूरा भएका कारण टेन्डर आह्वान गर्न गाउँपालिकालाई पत्र लेखेको छ ।

गाउँपालिकाले १० शैय्याको अस्पतालको ड्रोइङ, नक्सा, रिभ्यू गर्न मन्त्रालयलाई पठाएको थियो । सोही पत्रका आधारमा उक्त नक्साको रिभ्यू कार्य सम्पन्न भएकाले अब थप प्रक्रिया अघि बढाउन भन्दै गाउँपालिकालाई चिठी आएको हो । मन्त्रालय र नक्सा रिभ्यू गरेको स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमले छुट्टाछुट्टै चिठी लेखेर बाँकी प्रक्रिया अघि बढाउन भनेका छन् । 

बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले अब अस्पताल बन्ने पक्का भएको बताउनुभयो । ४ नम्बर वडाको छिन्खेतमा अस्पताल बनाउन भनेर ३ हजार ८ बर्गमिटर जग्गा पहिल्यै लिइसकिएको छ । अब सोही जग्गामा अस्पताल भवन बन्ने अध्यक्ष केसीले बताउनुभयो । अस्पताल बनाउनका लागि १२ करोड बजेट स्वीकृत भइसकेको अध्यक्ष केसीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमै ठेक्का लागेर अस्पताल निर्माणको काम सुरु हुने अध्यक्ष केसीले बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update