Kakhara सबैको खबर सम्पूर्ण खबर
कुन उम्मेदवारले कति धरौटी राख्नुपर्छ ?

आसन्न ३० गतेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेहरुले निश्चित धरौटी राख्नुपर्छ । निर्वाचन आयोगले धरौटी रकम निर्धारण गरेको छ । उम्मेदवार बन्न चाहेका व्यक्ति, राजनीतक दलहरुले यस विषयमा थाहा पाउनुपर्ने हुन्छ ।

निर्वाचन आयोगले वडा सदस्यको उम्मेदवार हुनका लागि पाँच सय, वडाध्यक्षले एक हजार र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, महानगर, उमहानगर, नगरपालिकाको प्रमुख, उपप्रमुखले एक हजार पाँच सय धरौटी राख्नुपर्ने नियम बनाएको छ ।

यसमा पनि गरीब, दलित, विपन्न समुदायलाई ५० प्रतिशत छुट दिने व्यवस्था निर्वाचन आयोगले गरेको छ । खसेको कुल मतको १० प्रतिशत मत नआउने उम्मेदवारको धरौटी फिर्ता हुँदैन भने त्यो भन्दा माथि मत ल्याउने सबैको धरौटी आयोगले फिर्ता गर्दछ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update