Kakhara सबैको खबर सम्पूर्ण खबर
टटेलामा फोहोर बढ्यो

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ टटेलामा रहेको पानीको मुहान वरपरको वातावरण फोहोर हुदै गएको छ । फोहोरजन्य वस्तुको उचित ठाउँमा व्यवस्थापन नहँुदा टटेलाको मुहान वरपरको वातावरण फोहोर देखिन थालेको हो । खलङगा बजारमा वस्ने प्राय मान्छे सरसफाईका लागि टटेला पुग्ने गर्छन ।

 अन्य दिन थोरै मान्छे कपडा धुन सरसफाई  गर्न पुगेपनि शनिवारको दिन र विदाको दिन भने कपडा धुने सरसफाई गर्नेको भिड नै लागेको हुन्छ र सरसफाईको लागि पालो कुर्नु पर्ने हुन्छ । मुहानको वरपर  रुख विरुवा कम भएपनि मुहान बाट पानी भने प्रशसत आईरहेको छ ।

वर्षातको समयमा मात्रै नभएर टटेलामा १२ महिना पानी आइरहने गर्छ । मुहान नजिकै संगै जोडिएका ६ वटा धारा निमार्ण भएपनि ३ वटा धारा बाट मात्रै पानी सञ्चालनमा आएको छ । वाकि ३ वटा धारा भने सञ्चालनमा आएका छैन्न ।  लिफ्टिङ प्रविधिको प्रयोग गरेर नजिकै रहेको विजयश्वरी वोर्डिङ स्कुलले पनि टटेलाको पानी प्रयोग गरिरहेको छ । मुहानको संरक्षण र वरपरको सरसफाईमा भने कसैको ध्यान जान सकेको छैन 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update