कांग्रेस रूकुम पश्चिमले बनायो निर्वाचन परिचालन समिति
नेपाली कांग्रेस रुकुम पश्चिमले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन समिति बनाएको छ । जिल्ला कार्यसमिति बैठकबाट जिल्ला सभापति प्रेमप्रकाश ओलीको संयोजकत्वमा १ सय ५१ सदस्यीय निर्वाचना परिचालन समिति बनाईएको हो ।
उक्त समितिले निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि संचालन गर्ने छ । त्यस्तै कांग्रेसले निर्वाचन लक्षित प्रचारप्रसार समिति पनि बनाएको छ । पार्टीका जिल्ला सचिव परमेश्वर भण्डारीको संयोजकत्वमा ५१ सदस्यीय समिति बनाईएको हो । बैशाख ४ गतेको बैठकले यि समिति बनाएको प्रचार प्रसार समिति संयोजक भण्डारीले जानकारी दिनुभयो ।।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९ १५:४५
प्रतिक्रिया दिनुहोस्