मुसीकोट ६ का वडाध्यक्ष गौतमले फिर्ता गरे सरकारी मोटरसाईकल
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष बसन्तकुमार गौतमले सरकारी मोटरसाईकल फिर्ता गर्नुभएको छ । वडाका लागि भनेर नगरपालिकाबाट प्राप्त भएको लु १ ब २११६ नम्बरको आरटीआर मोटरसाईकल वडाध्यक्ष गौतमले आज नगरपालिकामा फिर्ता गर्नुभएको हो ।
कार्यकाल सकिनै लाग्दा गौतमले वडाका नाममा प्रयोगमा रहेको सरकारी मोटरसाईकल फिर्ता गरेको बताउनुभयो । आज नगरपालिकाका जिन्सी शाखा प्रमुख खरिदार यामबहादुर शाहीले उक्त मोटरसाईकल बुझ्नुभएको हो । कार्यकाल सकिन लागेको र स्थानीय तहको निर्वाचन नजिकिएसंगै जनप्रतिनिधिहरुले प्रयोग गरिरहेका सवारी साधन फिर्ता गरिरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९ १६:४२
प्रतिक्रिया दिनुहोस्